मितिः २०८३/०४/०२
आदरणीय प्रिन्सिपल÷डाइरेक्टरज्यू,
......................................................... विद्यालय
विषयः अन्तर विद्यालय बुद्धिचाल (चेस) प्रतियोगितामा सहभागी गराउने बारे ।
उपरोक्त सम्बन्धमा, अलार्म नेपालले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने विविध कार्यक्रम संचालन गर्दै आएको यहाँहरूलाई अवगत नै छ । सोहि कार्यको निरन्तरता स्वरूप अलार्म नेपालद्धारा तेस्रो अन्तर विद्यालय चेस प्रतियोगिता आयोजना गर्न लागेको हुँदा तपाईंको सम्मानित विद्यालयबाट विद्यार्थी सहभागी गराई कार्यक्रमलाई सफल बनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
प्रतियोगिता सम्बन्धि जानकारी:
१. प्रतियोगितामा कक्षा ५, ६, ७ जुनियर तह ८, ९, १० सिनियर तहमा रहनेछन् ।
२. प्रत्येक विद्यालयले हरेक तहमा २ जना (१ जना छात्रा, १ जना छात्र) गरी जम्मा ४ जना सहभागी गराउनुपर्नेछ ।
३. प्रतियोगिताको लागि आवश्यक पर्ने सामान (चेस सेट) आयोजकले उपलब्ध गराउनेछ ।
४. प्रतियोगिताको लागि पठाइएको फाराम भरी मिति २०८३÷०४÷१८ गते अपरान्ह् ४ः०० बजे सम्ममा अलार्म नेपालको
अफिसियल वेवसाइट मार्फत दर्ता गरिसक्नुर्नेछ । त्यस पश्चात दर्ता भएका विद्यार्थीहरूलाई सहभागी गराउन आयोजक
वाध्य हुनेछैन । कृपया समयमा नै दर्ता गरिदिनुहुन अनुरोध छ ।
५. दर्ता शुल्क प्रति विद्यालय रू.२००० लाग्ने छ । उक्त शुल्क प्रतियोगिता हुने दिनमा भुक्तानी गर्नुपर्नेछ ।
६. प्रत्येक सहभागीलाई खाजा उपलब्ध गराइनेछ ।
७. प्रत्येक तहका पाचौँ देखि सातौँ (सहभागिता संख्या अनुसार) स्थान हासिल गर्ने विजेता विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र र साथै प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी प्रदान गरिनेछ ।
८. प्रतियोगिताका लागि थप नियम तपसिलमा भएबमोजिम हुनेछन् ।
९. कार्यक्रम तपसिल बमोजिम हुनेछ ।
मितिः २०८३÷०४÷२२ गते, शुक्रबार
स्थानः क्वालिटी फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, एकान्तकुना
उपस्थित हुने समयः बिहान १०ः०० बजे, प्रतियोगिता १०ः३० बाट सञ्चालन हुनेछ ।
सम्पर्कः रचना बस्न्यात ९८४१६१०३१६, सरोज कुमार महत ९८५१०१८३३२, कन्हैया सिंह कुँवर ९८५१०७७८३८
कार्यक्रम संयोजक
कन्हैया सिंह कुँवर